Breaking

मधेश सरकारले निरन्तरता पाउँछ : उपेन्द्र यादव


काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेश सरकार परिवर्तन नहुने बताएका छन् ।

शुक्रबार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनमा उनले केन्द्रमा रहेको पाँचदलीय गठबन्धनको सरकारको संयुक्त रुपमा मधेश सरकार अघि बढ्ने बताए ।
‘पाँचदलीय गठबन्धनको संयुक्त सरकारको रुपमा यो अघि बढ्छ । यसै सरकारमा मन्त्री मण्डल हेरफेर वा पुनर्गठन हुन्छ । चाँडै हुन्छ । कुराकानी भइरहेको छ,’ उनले भने ।

जनमत पार्टीलाई मधेश सरकारबाट हटाउने वा निरन्तरता दिने भन्ने जिज्ञासामा उनले त्यसको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिएको बताए ।

जनमतले गठबन्धनमा पनि बस्ने र स्वतन्त्र जस्तो हिड्ने व्यवहार गरेकाले यस विषयमा विचार गर्नपर्ने उनको भनाइ छ ।

‘गठबन्धनमा उपराष्ट्रपतिको एउटा उम्मेदवार थियो । उहाँहरू छुट्टै आफ्नो उम्मेदवार दिनुभयो । गठबन्धनमा पनि बस्ने र स्वतन्त्र जस्तो पनि हिड्ने व्यवहार गर्ने हो भने त्यस विषयमा विचार त गर्नै पर्छ’, यादवले भने ।

केन्द्र सरकारबाट बाहिरिए पनि मधेश सरकारमा जनमतका दुईवटा मन्त्री छन् ।