Breaking

परराष्ट्रमन्त्री आज बंगलादेश जाँदै , बंगलादेशी राष्ट्रपतिसँग भेटवार्ता हुने


काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउद ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ सहभागी हुन आज बंगलादेश जाँदै छन्।
बेलायतका राजा चार्ल्स तृतियको राज्याभिषेकमा सहभागी भएर बुधबार मात्र स्वदेश फर्केका परराष्ट्रमन्त्री साउद शुक्रबार बंगलादेशको राजधानी ढाका जान लागेका हुन्।
‘हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने’ मूल कार्यपत्रमा छलफल गर्न आयोजना गरिने सम्मेलनमा सहभागी हुन मन्त्री साउद अहिले बिहान ११ बजे ढाका प्रस्थान गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव दीपककुमार जोशीले जानकारी दिए।

भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा हुने सम्मेलन दुई दिनसम्म चल्नेछ।

त्यस अवधिमा परराष्ट्रमन्त्री साउदले भारतीय विदेशमन्त्री एस। जयशंकर र बंगलादेशी राष्ट्रपति शेख हसिनासँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको उनको सचिवालयले जनाएको छ।