Breaking

खाँण र टोपबहादुरलाई १० बर्ष जेल! आरजु र मञ्जु जाकिँदै,प्रचण्डको करामतले देउवा–ओली तानिए


काठमाडौँ — टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै नक्कली भुटानी शरणार्थीको भीआईपी जालो एकपछि अर्काे च्यातिँदै गएको छ । जसले ठूला–ठूला नेताहरु संकटमा परेका छन् । बुधबारमात्रै पूर्वगृहमन्त्रीबालकृष्ण खाँड पक्राउ परेपछि काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको नाम पनि चर्चामा छ । राजनीतिक नेतृत्वको छटपटी व्यापक बढेको छ । बुधबारसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवासँग तारन्तार सम्पर्क र भेटवार्तामा रहेका एमाले अध्यक्ष ओली बिहिबार क्रुध हाउभाउमा प्रस्तुत भए ।

सोझै पैसा बुझ्नेलाई छोडिएको भन्दै टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा ओली अझै असन्तुष्ट छन् ।ओलीको आवेग गृहमन्त्री र प्रधानमन्त्रीमाथि पनि पोखियो । प्रहरीले गरिरहेको काममा सरकार हिरो बन्न खोजेको भन्दै आक्रोशसमेत ओकले । प्रहरीले ओली, देउवा र प्रचण्डबीच भेटवार्ता चलिरहेकै बेला पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई बुधबार पक्राउ गर्यो । खाँडलाई पक्राउ गरेपछि ओली–देउवा थप संकटमा परेका छन् ।

खाँडसँगै नाम जोडिएकी आरजु र मञ्जुलाई बचाउनुपर्ने दबाब देउवामा छन् भने टोपबहादुरको सेफ ल्याण्डिङ गर्दै पूर्वगृहमन्त्री रामबहादुर थापा बादललाई पनि बचाउने सुत्रको खोजीमा ओली देखिन्छ ।फलतः देउवाको पत्नी मोह र ओलीको भ्रष्टाचारी संरक्षकको परिचयले अनुसन्धान नै प्रभावित बनाएर केश रफादफा हुने सम्भावना रहेकोप्रति चिन्ता बढेको छ ।

नेपालीकै शीर झुकाउने गरि गृहप्रशासनको नेतृत्वनै संलग्न भएको यो प्रकरणमा राजनीतिक नेतृत्वको छटपटी झनै शंकास्पद छ । भ्रष्टाचारमा मुछिएका नेताका लागि सिंगो राजनीतिक नेतृत्व नै बचाउमा उत्रिनु आफैमा शंकास्पद विषय हो । ओली – देउवाको निद्रा हराम हुनुका पछाडी उनीहरुका नजिक पर्ने वा नाता पर्ने मुछिनुमात्रै कारणहो त ? कि आफै मुछिने डर हो ? किनकि बुधबारमात्रै पक्राउ परेका खाँडले आफुलाई भेट्न आएकासँग पार्टी सभापति देउवा नेतृत्वको सरकार र अहिले प्रचण्ड नेतृत्वकै सरकार भएको बेला सबैकुरा सल्लाहमा गरिएको अनौपचारिक संवाद गरेका छन् । तर त्यही कुरा उनले बयानमा ओकले देउवा, आरजुमात्रै नभएर प्रचण्डमाथिसमेत प्रश्न उठ्ने छन् ।

कतिपय भने, आफु पक्राउ परिसकेपछि खाँडले प्रतिशोध साँधेर सबको नाम सार्वजनिक गर्नेसम्मको आँकलन गरेका छन् । त्यस्तै आंकलन पक्राउ परेका इन्द्रजित राईबाट समेत गरिएको छ । आफुमात्रै फस्ने अवस्था आए बादलदेखि ओलीसम्मको नाम पोल्न राई तयार हुने आकलन भइरहेका छन् । किनकि ओलीका स्वकिय सचिव राजेश बज्राचार्यको नाम राईले बयानमा खुलाएका थिए । फलतः राजनीतिक ओतमा गम्भीर अपराधमा मुछिएका कसैलाई छोड्न नहुने मत बलियो बनेको छ ।

यो प्रकरणमा शक्तिशाली पात्र पक्राउ परेको र अझै शक्तिशाली पात्रमाथि आशंका रहेकाले केश रफादफा गर्न सजिलो छैन । तर प्रहरीको अनुसन्धानपछि मुद्धा कमजोर बनाएर सजाय कम गर्ने वा उन्मुक्ति दिन राजनीतिक नेतृत्वले दाउ छोपिरहेको छ ।फरार रहेका टोपबहादुर रायमाझी कानुनी दायरामा आउनुको विकल्प नभएका बेला खाँड पनि पक्राउ परेका छन् । उनीहरुविरुद्ध सांगठनिक अपराध, ठगि वा जालसाजीको सजाय हुनुसक्छ ।

यसो हुँदा संगठित रुपमा अपराध गरेको ठहरीए खाँडसहितका भीआईपी १० बर्ष जेल पर्नेछन् । ७० हजार रुपैयाँ जरिवाना हुनेछ । मुद्धा दर्ताकै क्रममा पनि फरक÷फरक अभियोजन लगाएर शक्तिमा रहेकाहरुलाई कम सजाय दिनसक्ने सम्भावना छ ।तर प्रहरीको अनुसन्धान नै अहिले प्रमुख आधार भएकाले त्यसको निचोड अनुसार नै सजाय कायम हुनेछ ।