Breaking

बालकृष्ण खाँण र आरजुका कारण कांग्रेसमा खुशीयाली,देउवा तह लगाउने विश्व–गगनको उचित समय


काठमााडैँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका प्रभावशाली नेता र सांसदको नाम मुछिएपछि पार्टी नेतृत्वको निद–चैन उडेको छ । तर, पार्टी भित्रैका एक पक्षको होस हवास उडिरहेको बेला अर्का पक्ष भने यसलाई पार्टी एकलौटीकरणबाट मुक्त गर्दै सुढृडीकरण हुने अवसरको रुपमा खुशीयाली मनाउन थालेका छन् । अहिलेको नेपाली कांग्रेसको नेतृत्वसँग तल्लो तहका कार्यकर्तादेखि शीर्ष तहकै नेताहरु पनि असन्तुष्ट छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा वा आफ्नै आसेपासेलाई मात्रै लिएर पार्टी सञ्चालन गरेको प्रति रुष्ट बनेका नेता कार्यकताहरु नक्कली भुटानी शरणार्थी प्रकरणपछि भने देउवालाई ब्याक फायर गर्ने मुडमा देखिन्छन् । यो प्रकरणमा देउवा पक्षकै नेताहरु मुछिएपछि कांग्रेसभित्र संघर्ष गरिरहेको इतर समूहलाई नेतृत्वप्रति असन्तुष्ट पोख्न थप बल पुगेको छ । शरणार्थी प्रकरणमा देउवाका खास निकट पात्र तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ पर्नु र देउवा पत्नी आरजु राणा र मञ्जु खाण पनि विवादित हुँदै अनुसन्धानको दायरमा आउनुले इतर समूहलाई आगो ओकल्ने मौका मिलेको हो ।

पार्टी सभापति देउवाको कार्यले आजित बनेर राजीनामा दिने मनस्थितिसम्म पुगेका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा मौकामा चौका हान्ने दाउमा छन् । गगन, विश्व, प्रदीप पौडेल जस्ता कांग्रेसभित्रैका वैकल्पिक धारहरु पार्टी सुढृढीकरणका लागि देउवासँग लडिरहेका छन् । बुधबार नै बसेको कांग्रेस बैठकमा महामन्त्री थापा र शर्माले खाणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुको अडान पार्टीभित्रै मात्र पनि सीमित छैन ।

गृहमन्त्रीलाई नै भेटेर भ्रष्टाचारीलाई कडा कारवाही गर्न माग समेत राखेका छन् । पार्टी, मन्त्रालय र सदनमा पनि सशक्त रुपमा उत्रिएको कांग्रेस इतरसमूह पार्टी बदनाम हुँदै गर्दा त्यसैलाई हस्तक्षेप गर्ने अवसरको रुपमा परिणत गर्न उद्यत देखिन्छन् । पार्टी बैठकमा सबै पदाधिकारीलाई चुप गराउने देउवाको समय यसपटक उल्टिएको छ । छलफलमा उठेका अनेक सवालमा उनी आफै मौन बस्नुपर्ने अवस्थामा आईपुगेका छन् ।

आफ्नै श्रीमती भ्रष्टाचारमा मुछिएपछि बचाउनका लागि तनावमा रहेका देउवा प्रधानमन्त्रीसँगको भेटलाई पनि तीव्रता दिइरहेका छन् । पार्टीभित्रबाट ठूलो दवाव आइसकेपछि बल्ल खाणलाई पार्टीले कारवाही गरेको छ । कानुनी शासनविरोधी छवि बनाएको देउवाले जति नै शक्तिको प्रयोग गरेपनि यसपटक भने त्यसको कुनै अर्थ नहुने विश्लेषण हुन थालेको छ ।

कांग्रेसका इतरपक्षले पार्टी भित्र देउवाको मनोपरिलाई यही अन्त्य गर्ने अवसरको रुपमा अहिलेको शरणार्थी प्रकरणलाई लिएको छ । देउवालाई घुडा टेकाएर सुदृढीकरणमा लागेकाहरु पार्टी बदनाम नै भएपनि खुशी भएका छन् । दाई र भाउजुहरुकै कारण आफ्नो हैसियत घटेको महसुस गरेकाहरु अब भने पार्टी परिवर्तन हुने संकेतमा बसेका छन् । देउवा झकाउन असफल बनेर पार्टी छोड्ने संकेत गरेकाहरुमा अहिले केही भने पनि झिनो आश पलाएको छ । कांग्रेसमा यसअघि पनि खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले र जयप्रकाश गुप्ता जस्ता पूर्वमन्त्रीहरु थुनामा परेका थिए ।