Breaking

अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदन पेस


काठमाडौँ — नेकपा (एमाले)को केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्र्रतिवेदन पेस गरेका छन । बिहीबार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समितिको बैठकमा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरण, अर्थतन्त्र, पछिल्ला समसामयिक राजनीतिक परिवेशको बारेमा जानकारी गराएको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताएका छन् । उनले बैठकमा अध्यक्ष ओलीले अहिलेको अर्थतन्त्र उकास्न वर्तमान गठबन्धनसँग कुनै योजना नरहेको कुरा बिफ्रिङ गरेबाथिए ।

बैठकमा अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीभित्रको अनुशासनको स्थितिबारे, पार्टीको लेखा परिषद्का अध्यक्ष डा. पुष्प कँडेलले पार्टी आर्थिक प्रणालीको बारे र केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले निर्वाचनको सम्बन्धमा बैठकलाई जानकारी गराएको पनि उनले बताए । उपमहासचिव गुरुङले मिसन ग्रासरुट अभियानको समीक्षाअन्तर्गत सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको सचिव योगेश भट्टराईले, कोशी प्रदेशको राजेन्द्र गौतमले रिपोर्ट प्रश्तुत गरेको बताए ।