समाचार

परीक्षा हलबाट निकालिएपछि विद्यार्थीले गरिन् आत्महत्या


काठमाडौँ – चितवन मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेकी छन् ।

विद्यार्थी संघर्ष समितिले निकालेको विज्ञप्ति अनुसार शिक्षकले परीक्षा हलबाट निकालेपछि सिम्रन थापाले आत्महत्या गरेकी हुन् । कलेजमा आन्तरिक परीक्षा चलिरहेको समयमा शिक्षकले उनलाई परीक्षा हलबाट निकालेका थिए ।

कलेजमा अध्ययनरत लक्ष्मी सोनीका अनुसार अनुसार पोखरा घर भएकी थापाको पेपरमा त्यहाँ गार्ड बसेका शिक्षकले ‘चिटर’ लेखेका थिए । चितवनमा भाडामा बस्दै आएकी थापा उक्त घटनापछि दौडिएर कलेजबाट निस्किएको र कोठामा पुगेर आत्महत्या गरेको ती उनले बताएकी छन् ।

घटनापछि विद्यार्थीहरू आन्दोलित भएका छन् ।