समाचार

भोजपुर उडेको नेपाल एयरलाइन्सको जहाज प्राविधिक समस्याका कारण बिचबाटै फर्कियो


काठमाडौँ – काठमाडौँबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमान प्राविधिक समस्या आएपछि काठमाडौँ नै फर्केको छ ।

बिहान ६ बजेर ३३ मिनेटमा उडेको विमानमा प्राविधिक समस्या देखिएको भनेर विमानलाई काठमाडौँ फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।