Breaking

धारिलो हतियार प्रहारबाट धादिङमा एक युवकको मृत्यु


काठमाडौँ – धारिलो हतियार प्रहारबाट धादिङको गल्छी गाउँपालिका-८ का २८ वर्षीय विनोद थापा मगरको ज्यान गएको छ ।

होटलमा सामान्य विवादका कारण चक्कु प्रहार हुँदा घाइते भएका मगरको काठमाडौँमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ग्राहकको रुपमा होटलमा आएका विनोद र होटल सञ्चालकबी सामान्य भनाभन भएपछि घटना भएको प्रहरीले जनाएको छ ।हो । घाइते थापामगरको उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा मृत्यु भएको हो । 

प्रहरीका अनुसार घटनाको छानबिनका लागि होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरजलाई नियन्त्रणमा लिएको छ । यस्तै होटलमा खाना खान आएका अन्य ४ जना ग्राहकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

थापाको हत्या भएको भन्दै स्थानीयबासिन्दाले दोषीमाथि कारबाहीको माग राखेर अहिले गल्छी नुवाकोट त्रिशुली सडक खण्ड अवरुद्ध गरेका छन् ।