Breaking

राप्रपा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक जेठमा


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आगामी जेठमा बस्ने भएको छ ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आगामी जेठ १, २ र ३ गते काठमाडौंमा बस्ने भएको हो ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समितिले तयार पारेको पार्टीको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजना पेस गरिने उनले जानकारी दिएका छन् ।

यसैगरी बैठकमा सचिवालय प्रमुख हेमजङ गुरुङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको उनले बताएका छन् ।

‘बैठकमा पेस हुने सबै प्रतिवेदनहरूमाथि खुला छलफल हुनेछ’, उनले भने, ‘केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेपछि विभिन्न निर्णय गर्दै बैठक सम्पन्न हुनेछ ।’