Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

विदेश

अब ट्वीटरबाटै भ्वाइस र भिडियो कल !


काठमाडौँ – एलन मस्कले कम्पनी खरीद गरेसँगै ट्वीटरमा विभिन्न परिवर्तनहरू लगातार भैरहेका छन् । कतिपय परिवर्तनहरू प्रयोगकर्ताको तीव्र आलोचनाको शिकार बनिरहेका छन् ।

तर ट्वीटरमा गरिएका केही परिवर्तनप्रति भने प्रयोगकर्ताको सकारात्मक प्रतिक्रिया पनि आउने गरेको छ । यसैबीच ट्वीटरले पछिल्लो पटक प्रयोगकर्ताको वाहवाही पाउने खालको घोषणा गरेको छ । कम्पनीका अनुसार प्लाटफर्ममा केही बहुप्रतिक्षित फिचरहरू निकट भविष्यमै थप हुँदैछन् ।

ट्वीटरका अनुसार यसको डाइरेक्ट मेसेज अर्थात् डिएम फिचरमा अत्यन्तै आवश्यक ठानिएको परिवर्तन गरिँदैछ जस अन्तरगत डिएमभित्र डिएम रिप्लाइज फिचर थपिनेछ ।

यसबाट प्रयोगकर्ताले आफ्नो ट्वीटरमा कसैले पठाएको डाइरेक्ट मेसेजको जवाफ दिन सक्दछन् । यसले ट्वीटरमा हुने संवादलाई सरल तथा सहज बनाउनेछ ।