Breaking

देउवा–ओलीनै अनुसन्धानमा तानिएपछि तनावमा प्रचण्ड,जोगिँदै आरजु र मञ्जु, खोई टोपबहादुर र बादल ?


काठमाडौँ — नक्कली शरणार्थी प्रकरणमा शीर्ष राजनीतिक नेतृत्वको दौड बढेको छ । जसले अनुसन्धानलाई प्रभावित पार्ने शंका बढेपनि प्रधानमन्त्रीले निष्पक्ष छानबिन गर्ने आश्वासन दिएका छन् । बिशेष पक्राउ पुर्जी बोकेर प्रहरी निवासमै आइपुग्दा पूर्वगृहमन्त्री बालकृष्ण खाँणघरमा चुकुल लगाएर बसिरहेका थिए । प्रहरी आएको पत्तो पाएपछि ढोका थुनेरै बसेका उनी निस्किने मुडमा थिएनन् । ढोकै फोडेरै प्रहरी भित्र पस्दा खाँणश्रीमती मञ्जुसँग भिडियो कलमा व्यस्त थिए । त्यसपछि पक्राउ परेका खाँणलाई अदालतले चार दिनको अनुमति दिएर थुनामा राख्न आदेश दिएको छ ।

तर खाँण पत्नी मञ्जु सम्पर्कविहिन भएकी छन् ।यता खाँण पक्राउ परेलगत्तै अनुसन्धानलाई सामसुम पार्न शीर्ष नेतृत्वको दौड सक्रिय बनेको छ ।सार्वजनिक रुपमा एकअर्कालाई चेतावनी दिने तर भित्री कोठामा भयंकर जाल बुनिदैछ कि भन्ने शंकाले ठाउँ पाइरहेको छ । तथापी प्रधानमन्त्री प्रचण्डले आशंका नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँट देखाइरहँदा यही कारण सत्ता गुमाउने छटपटी पनि छ । किनकि शक्तिशाली पार्टी शक्तिशाली पात्र यसमा मुछिएका छन् । खाँण पक्राउ पर्दै गर्दा उनकी पत्नी मञ्जु र काँग्रेस सभापति देउवा पत्नी आरजुलाई मोटो रकम बुझाएको बयान थुनामा रहेकाले ओकलेका छन् । यसअघि आफुमाथिको आरोप अस्वीकार गर्दै आएका खाँण पनि सचिव टेकनारायण पाण्डेको बयानका आधारमा पक्राउ परेका हुन् । पाण्डेको मोवाइल रिकभर भएपछि खाँणसँगको संवाद भेटिएको थियो ।

जसको उनको संलग्नता प्रष्ट देखिएपछि प्रहरी निवासमै पुगेर पक्राउ गर्न बाध्य बनेको हो । तर बाँकी रहेका आरजु र मञ्जुलाई बचाउन देउवाको दौड कम छैन । एमाले अध्यक्ष ओली पनि टोपबहादुरसहित पूर्वगृहमन्त्री रामबहादुर थापा बादललाई बचाउन सक्रिय देखिन्छन् । यही विषयमा छलफल गर्न एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच तीन पटक भेटवार्ता भएको छ । दुईपटक प्रमुख दलका प्रमुख नेताबीच सिंहदरबारमा भेटवार्ता भएको छ । चौतर्फी आशंका बढेपछि प्रधानमन्त्रीले अनुसन्धानलाई बाधा नपु¥याउने सहमति भएको बताएका छन् ।

यो डरलाग्दो अपराधको गाँठो फुकाउँदा सर्वसाधारणबाट प्रशंसा पाएका गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि बालकोटमै पुगेर एमाले अध्यक्ष ओलीलाई भेटवार्ता गरेका छन् ।जसले पनि नेतृत्वमाथि नै शंका बढाउने काम गरेको छ । यो अनुसन्धानमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पनि मुछिएका छन् । तर उनीविरुद्ध गतिलो प्रमाण फेला नपरेपछि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छैन । पूर्वगृहसचिव तथा हाल अख्तियारको प्रमुख रहेका प्रेमकुमार राईमाथि पनि प्रश्न छ । फलतः पक्राउ पुर्जी जारी भएका वा नाम डामिएका केही व्यक्ति अनुसन्धानमा नआए यो अनुसन्धान पुरा हुनेछैन।