काठमाडौँ — काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका पूर्व गृहमन्त्री खाँणलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हिरासतमा राख्न अनुमति पाएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पाँच घण्टा बयान लिएको थियो । बयानपछि प्रहरीले खाँणको स्वास्थ्य परीक्षण गरेको थियो ।
प्रतिक्रिया