Breaking

पूर्वगृहमन्त्री पक्राउ परेपछि रविले दिए सरकारलाई धन्यवाद


काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाण पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् ।

सो प्रकरणमा मुछिएका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाण पक्राउपछि उनले सरकारलाई धन्यवाद दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यू, धन्यवाद प्रधानमन्त्री ज्यू । यो सिलसिला नरोकियोस् । कुनै हालतमा नरोकियोस् ।’

यो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन् । पक्राउ पुर्जी जारी भएका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी फरार छन् ।