Breaking

व्यापार घाटा १७.१ प्रतिशतले घट्यो


काठमाडौँ – आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु व्यापार घाटामा कमी देखिएको छ । आयात र निर्यात दुवै घटेका कारण व्यापार घाटामा कमी देखिएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार यो अवधिमा कुल व्यापार घाटा १७.१ प्रतिशतले कमी आई रु.१०८३ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २८.५ प्रतिशतले बढेको थियो ।

पछिल्लो ९ महिनामा आयात र निर्यात दुवै घट्यो

समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.९ प्रतिशत रहेको थियो । त्यस्तै भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु.१०१ अर्ब ६७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१६७ अर्ब ५३ करोड बराबरको भएको थियो ।