Breaking

पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राख्न आजै म्याद लिने तयारी


काठमाडौँ – पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले ‘जरूरी पक्राउ पूर्जी’ थमाएर मैजुबहालस्थित घरबाट पक्राउ गरेको खुलेको छ ।

अदालतबाट पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिँदा सूचना चुहिएर भाग्न सक्ने स्थिति देखिएपछि उनलाई जरूरी पक्राउ पूर्जी दिएर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँ स्रोतले जनाएको छ ।

खाँण निकट स्रोतका अनुसार बुधबार बिहानसम्म प्रहरी पक्राउ गर्न आउला भन्ने उनलाई छनक थिएन । बुटवलमा रहेका खाँण मंगलबार मात्रै काठमाडौँ आएका थिए । प्रहरीका अनुसार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असुली गरेको गिरोहलाई नीतिगत निर्णय गराउन खाँणले सहयोग गरेका थिए ।