Breaking

पूर्व गृहमन्त्री खाँणलाई प्रहरी परिसर टेकु पुर्‍याइयो


काठमाडौँ – नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौँ प्रहरी परिसर टेकु पुर्‍याइएको छ ।

उनलाई चाबहिलस्थित निवासबाट पक्राउ गरेर अपराध महाशाखा बानेश्वर लगिएको थियो । त्यहाँ सामान्य सोधपुछपछि उनलाई काठमाडौँ प्रहरी परिसर लगिएको हो ।

प्रहरीले खाँणसँगै उनका निजी नरेन्द्र केसीलाई पनि नियन्त्रणमा लिएको छ । उनी गृहमन्त्री भएका बेला गृहसचिव रहेका हाल उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि खाँण पनि अनुसन्धानमा तानिएका हुन् ।