Breaking

राप्रपाको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको भन्दै अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरेका थिए ।

तर सभामुख देवराज घिमिरेले प्रि-बजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताउँदै बैठक अघि बढाउन खोजेपछि राप्रपाका सांसदले अगाडि आएर नाराबाजी गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।