Breaking

मोबाइल अफ गरेर बसेपछि खाण पक्राउ


काठमाडौँ – नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ष्ण खाण मङ्गलवारदेखि मोबाइल अफ गरेर बसेका थिए ।

दुई दिनअघि प्रहरीमा कागज गरी फर्किएका खाणले मङ्गलवारबाट मोबाइल अफ गरेर बसेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले उनलाई बुधवार बिहान चाबहिलस्थित निवासबाट पक्राउ गरेको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा तत्कालीन गृहमन्त्री खाँणलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।