Breaking

पूर्वगृहमन्त्री खाँणका पीए पनि पक्रा


काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै प्रहरीले स्वकिय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनका सहयोगी केसीसहित खाँणलाई बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनीहरूलाई अपराध महाशाखा बानेश्वर लगिँदै छ । त्यसपछि काठमाडौँ प्रहरी परिसर ल्याइने उनले बताए ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग जोडिएको भन्दै उनीहरूलाई अनुसन्धानका लागि समातिएको हो । गिरोहले खाँणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो सार्वजनिक एको थियो ।

अडियोबारे प्रहरीले छानबिन गरिरहेको छ । सोही प्रकरणमा जोडिएका टोपबहादुर रायमाझी २० वैशाखदेखि फरार छन् ।

अहिलेसम्म यस प्रकरणमा ११ जनालाई प्रहरीले समातेको छ ।