Breaking

मन्त्री छान्न जसपाको बैठक बस्दै


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय (बालकुमारी) मा बस्नेछ ।

आजको बैठकमा सरकारमा पठाउने मन्त्री र समसामयिक राजनीतिबारे छलफल हुने जसपा नेताहरूले बताएका छन् ।