Breaking

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ


काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

खाँणलाई बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए । खाँणलाई अपराध महाशाखा बानेश्वर लगिँदै छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा तत्कालीन गृहमन्त्री खाँणलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।