Breaking

नक्कली शरणार्थी प्रकरणमा थप २ जना बिचौलिया पक्राउ


काठमाडौँ – नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहका थप दुई जना पक्राउ परेका छन् ।
काठमाडौँको टोखाका रामशरण केसी र मोरङको बेलबारीका गोविन्द चौधरी पक्राउ परेका हुन्। 

उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार शंखमुलबाट पक्राउ गरेका दुवैजनालाई थप अनुसन्धानका लागि काठमाडौं परिसर बुझाइएको छ। 

यससँगै भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ पर्नेको संख्या १० पुगेको छ।

अझै १० जनाभन्दा बढीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । तर उनीहरु फरार छन् । फरार हुनेमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसमेत छन्।