Breaking

फेल हुँदै ओलीका एक एक रणनिति,प्रचण्ड सामु झुक्नु पर्ने बाध्यता,ग्रासरुटले पनि दिएन प्रतिफल


काठमाडौँ — पार्टी भनेकै आफू जसरी अघि बढेका र विद्रोह गर्नेलाई भित्तामै पुर्याउने रणनिति सहित अघि बढेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय खस्किन थालेका छन । पार्टीभित्रै देखिएको फरक मत जबरजस्त बन्नु तथा सहयात्री काण्डमा मुछिनुले उनलाई मुख नै हेर्दिन बन्दिन भन्नेसंग झुक्नुपर्ने अवस्था नै देखिएको हो । जहाँ किन चाउरिस मरिच आफ्नै रागले भन्ने स्थितीमा ओली पुग्दा त्यसको क्षती भने पार्टीले व्यहोरिरहेको छ । वाम शक्तीलाई एक बनाएर दक्षिण एसियाकै दोश्रो ठुलो कम्युनिष्टको दलको नेतृत्वमा पुगेका केपी शर्मा ओली कुनै वेला दुईतिहाई सहित सरकार हाके थिए ।

तर पेल्ने उनको रणनिति र बढ्दो जुंगाको लडाईले प्रतिपक्षी दलमा पुगेका उनले त्यतिवेलै दुईओटा फुट व्यहोरे । पुराना एमालेलाईै समेत जोगाउन नसक्दा गत जिर्वाचनमा समेत त्यसको असर स्थानीय तहदेखि संघीय निर्वाचनसम्म देखा पर्याे । फलतः नेकपा एमाले संघीय निर्वाचनमा गठवनधन र स्वतन्त्र विरुद्ध एक्लै लड्नु पर्याे । निर्वाैचन परिणाम पछि जसरी पनि सरकारको नेतृत्व गर्ने हुटहुटीमा लागेका प्रचण्डलाई एमालेले नै साथ दियो । एमालेकै बुइँ चढेर सत्ता प्राप्ती गरेको प्रचण्ड सरकार काँग्रेससंगको सत्ता साझेदारीमा एमालेविरुद्ध आक्रामक बनेको देखिन्छ ।

भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव रायमाझीमाथिको सरकारी नजरले एमाले झस्कीएको छ र एमाले माथि सरकार योजनाबद्ध रुपमा लागि परेको अध्यक्ष केपी शर्मा ओलीको निष्कर्ष छ । अर्थात प्रतिपक्षीमा पुगेपछि भरसक वैशाख भर सरकार ढाल्छु भनेका उनी प्रचण्ड भेट्न धाई धाई जाने अवस्थामा ओली पुगे भने यसलाई आफूलाई साईजमा ल्याउने रणनितिका रुपमा बुझेका उनी एमालेतर्फ लक्षित गर्ने दुस्साहास कसैले गर्छ भने त्यसको जवाफ आफूहरुले दिने पनि उनको चेतावनी दिदै आएका छन ।

संगठन पुनतार्जगी गर्न अघि सारिएको एमालेको ग्रासरुट अभियानको परिणामहिनता समेत उपनिर्वाचनमै देखिएको छ । जुन अभियानले भीम रावल र केन्द्रीय नेतृत्वबिच भिडन्तकै अवस्था सिर्जना गर्दा रावल अझ सशक्त बनेका छन । यहि कारण भीम रावलसंग वार्ताको बाटो रोजेका एमालेले न त वार्ता गर्न सक्ने न पार्टीबाट किनारा लगाउन सक्ने अवस्था बनेको छ । जसले सुदूरपश्चिमा एमाले एक ढिक्का नवन्ने स्थिती बन्दा मधेश प्रदेश यसैपनि उसका लागि खासै गतिलो आधार क्षेत्र बनेको छैन । यहिवीचमा राम्रो भनिएको कोशी प्रदेशमा समेत ओलीले अवरोध खेप्न परेको छ ।

वागमतीमा त गत निर्वाचनमै एमाले कमजोर देखियो भने शहरी क्षेत्रमा अन्य पार्टी जत्तिकै एमाले पनि नयाँ शक्तीको चपेटामा पर्ने पक्का छन । यसरी चौतर्फी घेरिएका उनले जहाँ पनि झुक्ने अवस्था आउदाँ त्यसको घाटा भने पार्टीले व्यहोरिरहेको छ । रायमाझी संगै एमालेमा आफ्ना विश्वासपात्रहरु विष्णु पौडेल, ईश्वर पोखरेल,गोकुल बास्कोटा बचाएकोसम्मको आरोप खेपेका उनलाई पटक पटक अवगाल आइपरेको छ । जसले भीम रावल जस्तो पक्ष अझ बलियो बन्दा पार्टीभित्रैको असन्तुष्टि अझ बढ्ने प्रष्ट हुदाँ एमाले नेताहरु रायमाझिलाई प्रहरी समक्ष आईदिन आग्रह गरिरहेका छन ।

न त गतिलो प्रतिपक्ष न त आफू विरुद्ध लागिलाई दवाव दिन सकिने अवस्थामा एमाले पुग्दा गत निर्वाचनबाटै उनका नजिका भनिएकाहरु नै बडारिए । जो अहिले पनि सुध्रिने भन्दा आफ्नो असफलता लाई नै प्रमाणित गराउने दाउमा छन । जुन घेरा तोडन् समेत ओलीले सकेका छैनन् भने अधिंकाश पदाधिकारीले आफूलाई प्रमाणित गर्न नसक्ने अवस्था आउनुमा पनि सवैभन्दा ठुलो कारण ओलीको रणनितिको असफलता नै हो ।