Breaking

योगेश र तोषिमा कार्कीले तताए संसद, आरजुलाई तोषिमाको कडा प्रहार


काठमाडौँ — मंगलवार प्रतिनिधि सभामा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै सासंदहरुले विभिन्न विषयहरुको उठ्ठान गर्दे सरकारको ध्यानकार्षण गराएका छन् । सासंदहरुले आगामी बजेटमा कसरी अर्थतन्त्र चलायमान बनाउने देखी भ्रष्टाचारविरुद्धका फाईल र अपराधि जोगाउन सरकार आफै लागी परेको भन्दै कटाक्ष गरेका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभइ अर्थतन्त्र चलायमान बन्न नसक्ने टिप्पणी गरेका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रश्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित रहेको समेत बताए । त्यस्तै जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले मंगलवारको बैठकमा सरकारले आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन् । उनले विगत लामो समयदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको बताउदै गलत विकास मोडलको अभ्यास गर्दा विकास भनेकै ठूला–ठूला भवन,विमानस्थल र सडकहरु भन्ने भाष्य कायम रहेको बताए । सरकारले नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैनौ तर ठूला भ्युटावरहरुलाई प्राथमिकतामा राखेको टिप्पणी समेत गर्दे सरकार लैहीलैहीमा लागेको आरोप लगाए ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । उनले आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्ने बताए । उत्पादनमुलक उद्योगहरुलाई सबलीकरण गर्ने, रुग्ण उद्योगलाई पुनः सञ्चालन गरेर मात्रै अहिलेको आर्थिक संकटको सामना गर्न सकिने उनको भनाई थियो । उनले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नसकेपनि केही मात्रामा आर्थिक समस्या समाधान गर्न सकिने बताए ।

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारविरुद्ध फाइल मात्रै नभइ फायर खोल्नुपर्ने बताए । त्यस्तै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अन्तर मन्त्रालय समन्वय नहुँदा काठमाडौंको सडक पटक पटक भत्काउनु परेको बताए । उनले काठमाडौंका धेरै जसो सडकको निर्माण कार्य अलपत्र परेको भन्दै गुनासो समेत गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठूला दलहरु लागेको आरोप लगाएकी छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्दासमेत जोगाउन खोजिएको जिकिर गरिन् ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा सासंदहरुले उठाएका प्रश्नहरुको जबाफ दिदै अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताए । उहाँले बैंकको ब्याजदर घटेसँगै व्यापारको लागि ऋण लिनेहरुको लागत कम हुने र व्यापार व्यवसाय फस्टाउने बताए ।

उनले सरकारकोतर्फबाट पनि पुँजी खर्च हुन नसक्नु र मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन चाहेअनुसारको नहुँदा अर्थतन्त्रमा केही समस्या सिर्जना भइरहेको बताए । उनले लक्ष्यअनुसारको आर्थिक वृद्धिका लागि पुँजीगत खर्चको प्रभाव बढाउन आवश्यक रहेकामा समेत जोड दिएका छन् ।

.
.