Breaking

प्रेम सुवालको प्रश्न : दाहाल, ओली र देउवाको मिटिङ फिल्म देखाउन हो ?


काठमाडौँ – राष्ट्रिय जनमोर्चाका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेता जोडिएको भन्दै व्यंग्य गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा नेमकिपाका सांसद सुवालले नक्कली शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फिल्म देखाउन लागेको भन्दै कटाक्ष गरेका हुन् ।

‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ र अर्बौं ठगि गर्ने को–को हुन् ? प्रधानमन्त्रीले यो प्रकरणमा अब फिल्म देखाउँछु भन्नु भएको थियो’, उनले भने, ‘अहिले दाहालजी, केपी ओलीजी र देउवाजीको मिटिङ बसिरहेको छ । प्रधानमन्त्रीले भने जस्तै फिल्म देखाउन नै हो कि ?’

आज बिहान प्रधानमन्त्री प्रचण्ड, सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री प्रचण्डले केही दिन अगाडि नक्कली भुटानी शरणार्थी प्रकरणमा ट्रेलर मात्रै सार्वजनिक भएको भन्दै अब फिल्म देखाउन बाँकी रहेको बताएका थिए ।