Breaking

‘झड्केलो छोरो’ शब्द रेकर्डबाट हट्यो


काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद रमेशजंग रायमाझीले प्रयोग गरेको ‘झड्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

यही वैशाख २४ गतेको राष्ट्रियसभा बैठकमा रमेशजंगले उक्त शब्द प्रयोग गरेका थिए ।

आज बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष तिमिल्सिनाले सत्तापक्षका सांसद रमेशजंगले प्रयोग गरेको ‘उहाँको झड्केलो छोरो हो, टोपबहादुर रायमाझी’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

हिजोको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले रमेशजंगको शब्दप्रति नियमापत्ति जनाएका थिए । एमालेले नियमापत्ति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले आफूले एकपटक सुनेर निर्णय लिने बताएका थिए ।