Breaking

प्रचण्ड, देउवा र ओलीबीच छलफल जारी


काठमाडौँ – प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

प्रधानमन्त्रीको बोलावटमा नेताहरू बालुवाटार पुगेको जनाएको छ । सोमबार मात्र संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्णको नाम सर्वसम्मत सिफारिस गरेको थियो । उनको नाम अनुमोदन गर्नका लागि संसदीय सुनुवाइ समिति गठन गर्नुपर्ने छ । त्यस्तै, संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि संसद्मै विचाराधीन रहेको छ ।

त्यस्तै, राष्ट्रपति कार्यालयमा अलपत्र बनेको नागरिकता विधेयकको बारेमा पनि तीन नेताबीच छलफल हुने बताइएको छ ।