समाचार

सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ घाइते


काठमाडौँ – सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

सिन्धुपाल्चोकको गणेशे बगरबाट गएराति हेलम्बु गाउँपालिका-२ डोडेनी जाँदै गरेको बा ४ ख ५३८२ नम्बरको आईचर ट्रक दुर्घटना हुँदा सोही गाउँपालिका बस्ने ३० बर्षीया पेमा तामाङको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता प्रहरी निरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए ।

घाइते चार जनामध्ये गम्भीर घाइते २ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको र २ जना सामान्य घाइते रहेको उनको भनाइ छ । ब्रेक फेल भई दुर्घटना प्रहरीको भनाइ छ । चालक फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।