Breaking

टोपबहादुर आरजुमाथि मुद्धा चले प्रचण्ड सरकार ढल्छ ! मिलेमतोमै अनुसन्धान ओझेलमा,के खोज्दै छ प्रहरी ?


काठमााडौँ — चर्चामा रहेको नक्कली शरणार्थी प्रकरण नेता समातिने अवस्था आएपछि ढिसमिस हुने अवस्थाश्रृजना भएको छ । राजनीतिक नेतृत्वले लहरो तान्दा पहरो पनि भत्कीने देखेपछि यस प्रकरणलाई सामसुम पार्न युद्धस्तरमा लागि परेको देखिएको छ । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले देखाएको चासो र आरोपीहरुको भागभागले नेपालमा पनि ठुला माछा पक्राउ पर्न थालेको आभाष गराएको थियो । तर पछिल्ला घटनाक्रमले यो प्रकरण विना कुनै परिणाम सेलाउने देखिएको छ ।

ठुला भ्रष्टचार र अनियमितताका घटनामा राजनीतिक नेतृत्व नै मुछिदा विगतमा समेत यस्ता प्रकरण ढिसमिस हुने गरेको थियो । त्यो शिलशिला यो प्रकरणमा समेत दोहोरिने लक्षण देखिएको हो । जसमा पहिले एमालेका नेताहरु मात्र जोडिएको देखिन्थ्यो भने अहिले कांग्रेसका नेता तथा उनीहरुको श्रीमती समेत तानिएका छन । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगका बहालवाला प्रमुख आयुक्त समेत मुछिएको यो प्रकरणमा अहिले राजनीतिक रंग समेत मिसिएको छ भने आफ्ना नेता जोगाउन एमाले अध्यक्ष केपी शर्मा ओली दौडधुपमा छन ।

उता कांग्रेस मौन देखिदा माओवादीका नेता तथा पूर्वउपराष्ट्रपतिका छोराको नाममा पनि अहिले चर्चामा छ । जहाँ सक्रियता देखाएको भनिएको प्रहरीले समेत पक्राउ परेको विचौलिया सानु भण्डारीले आफ्नो बयान जस्ताको तस्तै नलेखे आत्मदाह गर्ने धम्की दिएपछि उनले भनेका नामहरु लिपिबद्ध भएका थिए । पैसा लिने तर काम नगर्दिने व्यवहारबाट आजित भएका विचौलियाकै कारण अहिले ‘हाई प्रोफाइल’ तानिएको खुलासा हुदाँ पक्राउ परेका अभियुक्तले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको समेत नाम बयानमा लिएका छन ।

तर, प्रमाण नभेटिएको भन्दै उनीविरुद्ध पक्राउ पुर्जीको प्रक्रिया भने अघि बढेको छैन । ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेटेसंगै रायमाझि फरार हुनुले प्रसस्त प्रश्न उठाईरहेको छ ।किनकी प्रहरीको फरार सुचीमा रहँदा पनि पर्शुराम बस्नेत, नवराज शिलवाल, लक्ष्मी महतो कोइरी जस्ता ओली निकटका व्यक्तिहरु उनकै छत्रछायाँमा लुकाइएको विगत साक्षी छ ।ओलीको यस्तो प्रवृत्तिले ठूला भ्रष्टाचार र गलत आचरणलाई लुकाउन बल पुर्याउने गरेको छ ।

यता पैसा उठाउने बिचौलिया र पीडितबीच भएको कुराकानीमा कांग्रेसका सांसदद्वय आरजु देउवा र मञ्जु खाणलाई पनि पैसा बुझाएको भन्ने अडियो सामाजिक सन्जालमा भाईरल छ । अडियोमाथि समेत छानबिनको माग गरी पीडितहरूले प्रहरीमा निवेदन दिएका छन भने प्रहरीले यसलाई प्रमाणका रुपमा मान्न नसकिने भन्दै आलटाल गरिरहेको छ ।

यहि विषयलाई आधार बनाएको एमाले आफ्ना मात्र नेता किन डामिनुपर्ने भन्दै सदनमै कड्किदा कांग्रेसकै नेतामाथि डण्डा चलाउने हैसिषयतमा प्रधानमन्त्री प्रचण्ड पनि देखिदैनन् । फलत ः कसैलाई नछोड्ने सार्वजनिक अभिव्यक्ति दिदै दवाव बढाएका उनले यसलाई सहज सत्ता सन्चालनको वार्गेनिङसम्ममा लान सक्ने देखिन्छ ।

हालसम्म यस प्रकरणमासरकारका सचिव सहित आठजना थुनामा छन । विशेष गरी पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी जस्ता व्यक्तिहरु यस प्रकरणको मुख्य नाइके हुन् भने नाम मुछिएका सचिव पाण्डे, टोप बहादुर रायमाझी, बालकृष्ण खाँड जस्ता व्यक्ति उनीहरुको मतियार हुन् । यी मतियारहरुले विधि कानुनलाई हतियार बनाएरराज्य माथि नै संगठित अपराध गरेका छन् ।हाई प्रोफाइल नेताहरु ठगी अपराधका कसुरदार बन्ने पक्कापक्की भएपछि ठूला नेताहरु नै संरक्षणका लागि कुदाकुद गरिरहेका छन् ।

परिणामतः सरकारी वकिलको कार्यालयमा बयानपत्रहरु फेरिएको खबर छ । हाल नाम मुछिएका कुनै पनि भिआइपीहरु कानुनको कठघरामा नउभिनु पर्ने स्थिति बनाइँदै गरेको खबर छ । त्यसो त हाई प्रोफाइल राजनीतिक व्यक्तिहरु निर्दाेष सावित हुने र अन्य कनिष्ठ र शक्तिहिन्हरु कारवाहीको बलिको बोको हुने निश्चित जस्तै बनिरहेको छ ।