Breaking

अमरेशसिंह संसदमै अर्धनग्न, किन आए आवेशमा ? मर्यादापालकले घिच्याएर निकालिनबाट जोगिए अमरेश


काठमाडौँ — सोमबार बसेको प्रतिनिधि सभा बैठकमा आफूलाई बोल्न नदिएको भन्दै विरोध स्वरुपसांसद अमरेश कुमार सिंहचलिरहेको बैठकमै अर्धनग्न भए । उनको हर्कत प्रति सदन देखि जनस्तरसम्मै आलोचना भइरहेको छ । उनी हुन् सांसद अमरेश कुमार सिंह । प्रतिनिधिसभा बैठकमै अर्धनग्न अवस्था । सोमबारको प्रतिनिधिसभा बैठकमा विश्व नै चकित हुने गरि विचित्र दृश्य यीनले देखाएपछि चौतर्फी यीनको आलोचना भइरहेको छ । यो परिस्थिति कसरी विकास भयो त ? बैठक सुरु हुनेबित्तिकै स्वतन्त्र सांसद अमरेश कुमार सिंह आफ्नो आसनबाट उठेर केही बोल्न खोजे ।

सँगसँगै नेमकिपाका सांसद प्रेम सुवालले पनि बोल्न आफ्नो स्थानबाट उठे । तर, सभामुख देवराज घिमिरेले दुबै जनालाई बोल्न समय दिएनन् । त्यसपछि आक्रोशित बनेका स्वतन्त्र सांसद सिंहले धमाधम आफ्नो कम्मरमाथिको सबै कपडा फुकाल्दै अर्धनग्न बने । सदनको बैठकमा सधै देखिने भन्दा फरक र असामान्य दृश्य देखिँदा सदनमा उपस्थित अन्य सांसदसहित सभामुख समेत के गर्ने के नगर्नेअलमलमा देखिए ।

तत्कालै सभामुखले कर्मचारीको सहयोगमा प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित गर्दै अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक व्यवहारहरु नदेखाउन आग्रह गरे ।सभामुखले पटक पटक सिंहलाई असभ्य व्यवहार हटाएर सभ्यताका साथ आफ्नो कुराहरु नियमअनुसार राख्न पनि निर्देशन दिए । अन्यथा नियमावलीको नियम३० अनुसार कारबाही हुने चेतावनी दिए ।

यदी सभामुखको निर्देशन पालना नगरी सिंहले आफ्नो हर्कत देखाइरहेको भए नियमावलीको नियम३० अनुसार सिंहलाई सभामुखले मर्यादापालक लगाएर बैठक कक्षबाट बाहिर निकाल्न सक्थे । तर त्यो अपमान व्यहोर्नु पूर्व नै सिंह सम्हालिएर कपडा पहिरिए । त्यसपछि सांसद सिंह बैठकस्थलमा बस्न सकेनन् र बाहिर निस्कीए । बाहिरिएने क्रममा उनले पत्रकारहरुसंग बोल्दै भुटानी शरणार्थी लगायत भ्रष्टाचारको विषयमा बोल्न खोज्दा आफुले समय नपाएकाले अन्य कुनै विकल्प बाँकी नरहेपछि अर्धनग्न हुन बाध्य बनेको दावी गरे ।

विरोध गर्नकै लागि सदनमा सांसदले यस्ता अमर्यादित क्रियाकलाप गर्न नहुने पूर्व सांसदहरु बताउँछन् । हजारौँ जनमत लिएर सदन प्रवेश गरेको जनप्रतिनिधिबाट मतदाताले सुसंस्कृत व्यवहारको पनि अपेक्षा गरेका हुन्छन् । आफ्नो मतदाताको इज्जतकै लागि भए पनि सांसदहरु मर्यादित र संम्यमित हुने पर्ने उनीहरुको बुझाई छ । २०१३ मा मेक्सिकोका सांसद एन्टोनी गार्सियाले पनि भ्रष्टाचारको विरुद्धमा सदनमा निर्वस्त्र भएर सरकारको विरोध गरेका थिए । तर,नेपालको संसदीय इतिहासमा विभिन्न खालको विरोध अवरोध हुँदै आएको भए पनि सदनमा सांसद अर्धनग्न नै भएको भने यो नै पहिलो पटक हो ।

यसअघि पनि २०७१ माघ ५ मा माओवादी केन्द्र र मधेश केन्द्रीत दलले सदनमा हुलदंगा मच्चाउँदै सदनको कुर्सी, फर्निचर तोडफोड गरेका थिए । त्यस क्रममा तीन मर्यादापालक घाइते समेत भएका थिए । त्यस्तै, २०७८ भदौ २७ मा पनि नेकपा एमालेले अमर्यादित हुँदै सदनमा अवरोध गरेको थियो । सांसदहरुलाई माननीयको मर्यादा यसै दिइएको छैन । उनीहरु जनताबाट अनुमोदित भएकाले माननीयको पगरी गुथीएका हुन् । तर तीनै माननीयहरु अपमाननीय व्यवहार देखाउन दुखद र लज्जास्पद हो ।