Breaking

गगन–विश्वको राजीनामाको धम्कीलेकांग्रेस तंरगित,आरजु र वालकृष्णको वद्नामको टीका,के गर्लान् देउवा


काठमाडौँ — एकातर्फ नयाँ राजनीतिक शक्तिको दवाव र अर्कातर्फ भ्रष्टचारमा आफ्नै पार्टीका प्रभावशाली नेताहरुको संलग्नता चर्चाले कांग्रेसभित्र आन्तरिक विवाद उत्कर्षमा छ । अरु दल एक ढिक्का भएर आफ्ना नेता बचाउमा लाग्दा कांग्रेसभित्र भने एक पक्ष पार्टी नै छाडेर जाने अवस्था त आएको हैन भन्ने ? संसय पैदा भएको छ । महामन्त्री गगन थापाको पछिल्ला अभिव्यक्तिले समेत यसलाई वल पुर्याएको छ । कांग्रेस नेताहरु समेत नक्कली शरणार्थी प्रकरणमा तानिएको चर्चापछि महामन्त्री विश्वप्रकाश शर्माले कानुनले काम गर्दा राजनीति चुप लाग्नुपर्ने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता बचाउन दौडधुप गर्दा उनले दिएको यो अभिव्यक्तिले सवैलाई आश्चर्य पार्दा अर्का महामन्त्री गगन थापाले तरंग ल्याउने खालकै अभिव्यक्ति सामाजिक सन्जालमार्फत व्यक्त गरे । उपनिर्वाचनपछि उठिरहेको राजनीतिक वहस र पुराना दल सवै एउटै प्रकरणको जालो जेलिएको अवस्थामा समेत मौन वसिरेहका उनले पार्टीको निर्णय र पद्धति मन नपर्दा पनि धेरै समय मौन रहेको तर अब अति भएको बताएका हुन । धेरै पटक प्रतिरोध गर्न खोजेको तर पार्टीको जिम्मेवारीमा रहेको सम्झिएर मौन रहेको, पार्टीभित्रै मत र अडान राखेको उल्लेख गरेका छन ।

कुनै निश्चित घटना उल्लेख नगरेका उनले पार्टीका निर्णय मन नपरेको, आफूले राखेका कतिपय विषयले प्रवेश नै नपाएको बेला प्रतिरोध गर्न मन लाग्दा पनि रोकिएको बताएका छन् । महामन्त्री गगन थापालाई कम्मर कसेर सहयोग गरिरहेका अर्का महामन्त्री विश्वप्रकाश शर्माले त महामन्त्री भनेको मन्त्री छान्ने पद भएको सार्वजनिक अभिव्यक्तिनै दिएका थिए । तर दुवै जना लाग्दा समेत प्रदीप पौडेल जस्ता काविल मानिएकालाई मन्त्री बनाउन सकेनन् ।

त्यतिमात्रै हैन आफै विभागीय संगठनहरुको नेतृत्व गर्दै पार्टीको नेतृत्वमा पग्दा यी संगठन लथालिङ हुदा पनि मुक दर्शक बनेको आरोप छ । यसरी पार्टीभित्रकै यो निरिह हाल र गुटमा पनि एक वचन नसोधी कोईराला अघि बढेपछि विरक्तिएका गगनले सामाजिक सन्जालमा अन्तुष्टी पोखेका हुन । जहाँ उनका निकटहरु पनि संगठन सुधारका नाममा देउवा विरुद्ध देशव्यापी अभियानमा छन् ।

त्यस्तै देउवा पक्ष नेताहरु उपनिर्वाचनको हारको जिम्मा पनि महामन्त्रीद्धय कै टाउको थोपार्न चाहन्छन । त्यसमाथि पनि एक त युवा र वौद्धिक जस्तो देखिनुपर्ने तर पार्टीको खराव चरित्रको चंकुल तोडन् नसक्ने अवस्थाले पनि उनीहरु माथि नै प्रश्न उठाएको छ । फलत ः पार्टीभित्र महामन्त्रीको कुनै हैसियत नै नहुने हो भने दुई महामन्त्री संयुक्त राजिनामा दिनेसम्मको आन्तरिक संघर्षको अभियान अघि बढाएका छन भने हरेक संगठनमा समानान्तर समिति बनाएर काउन्टर दिने तयारीमा छन ।

जिल्ला सभापतीसंगको छलफलमा जुटेका उनीहरु देउवासंग अन्तिमको लडाई लड्ने मुडमा देखिएको पछिल्ला घटनाहरुले देखाएको छ । देउवा र भाउजुहरुकै दवदवाका कारण आफ्ना पिल्लरहरु नयाँमा गएर चुनाव जित्दा महामन्त्रीहरुको हैषियत भने निरन्तर घट्दो क्रममा छ । पदकै कारण पार्टीप्रति नुनको सोझो पनि गनुपर्ने तर त्यसैले आफूलाई खुईलिने अवस्थामा रहेका उनी पार्टीमा पनि केवल प्रयोगको वस्तु भन्दा माथि उठेका छैनन् ।

राजनीतिक रुपमा डा.शेखर कोईरालाको गुटबाट संसदीय दलको नेतामा भिडेका गगनले कोईराला गगन गुट लेखाउन सफल भएपनि त्यहि गुटमा समेत अहिले फुट देखिएको छ । मन्त्रीमा समेत देउवाकै दवदवा रहदाँ चितवन र तनहुँमा गएर आफ्नो कद घटाएको फाईदा समेत गगनले प्राप्त गर्न सकेनन् ।

कोईरालाले भने मन्त्री नपाएपछि मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्य बनाएर घाटाको केहि पुर्ताल गर्न सफल भए भने शर्माको हालत त अझ तल्लो स्तरको छ । अहिले त झन पार्टी परिवर्तन गर्न नचाहने पुरानो शक्ती,परिर्वन नभए सकिने पर्ने अवस्था र पार्टी सकिए आफैपनि सकिने अवस्थाको भूमरीमा उनीहरु परेका छन । जसबाट बाहिर आउन उनीहरु देउवा झुकाउन सफल हुने भन्दा आफै पार्टी छाडेर हिड्ने अवस्था त आउने हैन भन्ने प्रश्न अहिले उठेको हो ।