Breaking

प्रगतिशील शक्तिविरुद्ध विभिन्न खालका तत्वहरु एकजुट हुँदै छ: केपी ओली


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रगतिशील शक्तिविरुद्ध विभिन्न खालका तत्वहरु एकजुट हुँदै गएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको पूर्ण बैठकलाई सोमबार च्यासलमा सम्बोधनका क्रमम उनले यस्तो बताएका हुन् । ‘प्रगतिशील आन्दोलनविरुद्ध उनीहरु संगठित भइरहेका छन् । हाम्रो आन्दोलन र पार्टीलाई पटक पटक ध्वस्त गर्न खोजियो’, उनले भने, ‘कहिले पार्टी कब्जाा गर्न खोजियो त कहिले आन्दोलनमाथि झुटा आरोप लगाउन खोजियो । उनले अहिले पनि पहिचानको राजनीतिका नाममा जातको राजनीति भइरहेको दाबी गरे ।

हामीले अब सबैभन्दा लोकप्रिय संगठनका रुपमा अघि आन्दोलनलाई बढाउनु पर्छ उनले भने तर अहिले जनताको विकासको राजनीति होइन, वल्लो घर र पल्लो घरमा लडाउने काम भएको छ। म लिम्बु र म राई भनेर बिथोल्ने काम भएको छ । अहिले जनताको घरमा कुलो र पानी चाहिएको बताउँदै उनले तर पहिचानका नाममा अर्कै आन्दोलन भइरहेको बताए ।