काठमाडौँ — अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी निलम्बन फुकुवापछि पेरिस सेन्ट जर्मेन ९पीएसजी० को प्रशिक्षणमा फर्केका छन् । क्लबसँग अनुमति नलिई साउदी अरेबियाको भ्रमण गरेको भन्दै फ्रेन्च च्याम्पियन पीएसजीले मेस्सीलाई गत बुधबार दुई साताको लागि निलम्बन गरेको थियो । तर अर्जेन्टाइन कप्तान मेस्सीले भ्रमणको लागि क्लब र टिममेटसँग माफी मागेपछि उनको निलम्बन फुकुवा भएको डेली मेलले जनाएको छ ।
पीएसजीले सोमबार बिहान मेस्सी प्रशिक्षणमा पर्केको भन्दै फोटो पोस्ट गरेको छ । पीएसजीले विश्व विजेता मेस्सीलाई दुई साताको निलम्बन सहित पारिश्रमिकमा समेत केही कटौती गरेको थियो । तर मेस्सी सोमबार मैदान फर्किएका हुन् । निलम्बनका कारण मेसीले आइतबार लिग वानमा ट्रोय विरुद्धको ३(१ को जित हात पारेको खेल गुमाएका थिए । अब भने मेसीले आगामी शनिवार अजासियो विरुद्ध घरेलु मैदानमा खेल्न सक्ने छन् । हाल पीएसजी लिग वानमा दोस्रो स्थानको लेन्समाथि ६ अंकको अग्रता बनाउँदै उपाधि होडमा छ ।
प्रतिक्रिया