Breaking

ढाकाकुमार श्रेष्ठको मुद्दामा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फबाट निर्वाचित सांसद ढाकाकुमार श्रेष्ठलाई पदमुक्त गरेको सम्बन्धमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । श्रेष्ठले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सोमबार प्रधानन्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाइ भएको हो ।

इजलासले श्रेष्ठलाई पदमुक्त गर्नुको कारणबारे लिखित जवाफ दिन विपक्षीका नाममा आदेश जारी गरेको छ । इजलासले लिखित जवाफ आएपछि अन्तरिम आदेशबारे दुवै पक्षलाई बोलाएर छलफल गर्ने गरी त्यतिन्जेलसम्म उनीमाथिको कारवाही कार्यान्वयन नगर्न र नगराउन विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।