Breaking

सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी


काठमाडौँ — सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सर्लाहीका विकास कुमार ठाकुरले अमरेशविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

ठाकुरले अमरेश राजनीतिक जीवनमा राजनीतिबाहेक अन्य पेसा वा व्यवसायमा समेत संलग्न नभएको हुँदा अकुत सम्पत्ति जम्मा गरेको विषयमा अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेका छन् । मंसिर ४ को निर्वाचनमा स्वतन्त्रबाट सर्लाही ४ बाट विजयी भएका थिए । यस अगाडि उनले नेपाली कांग्रेसबाट राजनीति गर्दै आइरहेका थिए ।