Breaking

रमेशजंग रायमाझीको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन एमालेको माग


काठमाडौँ – नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ ।

एमाले अध्यक्ष र सचिव टोपबहादुर रायमाझीको सम्बन्धका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै एमालेका राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले आपत्ति जनाएका हुन् ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुरलाई अध्यक्ष ओलीसँग जोडेर आइतबारको राष्ट्रिय सभा बैठकमा रमेशजंगले आपत्तिजनक टिप्पणी गरेका थिए । आजको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य श्रेष्ठले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे । ‘‘भन्ने शब्द हटाइयोस् ।’

एमालेले पार्टी गतरुपमै विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उक्त अभिव्यक्ति पुनः सुन्ने र नियमावली अनुसार हटाउनुपर्ने सोही अनुसार निर्णय लिने आश्वास दिए ।

‘दोहोर्‍याएर सन्नेछु र नियमावली अनुसार हटाउन पर्ने रहेछ भने आवश्यक निर्णय गर्नेछु’ अध्यक्ष तिमिल्सनाले भनेका छन् । अध्यक्ष तिमिल्सनाको आश्वासनपछि सभाको कामकारबाही अगाडि बढेको छ ।

राष्ट्रिय सभाको बैठकमा सोमबार प्रि-बजेट छलफल गर्ने कार्यसूची छ । आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । आइतबारदेखि सोमबार, मंगलबार र बुधबारसम्म संसदमा प्रि-बजेट छलफल गर्ने तय भएको छ ।