Breaking

भैरहवाबाट काठमाडौँ उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्कियो


काठमाडौँ – भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ ।

उडान नम्बर एसएचए ८२२ नम्बरको जहाज काठमाडौँ आउँदाआउँदै भैरहवा नै फर्किएको हो । भैरहवाबाट ७ः५५ मा उड्नुपर्ने जहाज ९ बजेपछिमात्रै काठमाडौँतर्फ उडेको थियो ।

करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको स्रोतले बतायो । चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका छन् । तर, कस्तो समस्या हो भन्ने पत्ता लागिसकेको छैन ।