Breaking

सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा ढाकाकुमार श्रेष्ठद्धारा रिट दायर


काठमाडोँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका ढाकाकुमार श्रेष्ठले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । पुनर्बहालीको माग गर्दै श्रेष्ठले आज सर्वोच्चमा रिट दायर गरेका हुन् । उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि भोलिका लागि पेसी तोकिएको छ । मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो । यसँगै उनको सांसद पद खारेज भएको थियो ।