Breaking

ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने छ: अध्यक्ष लिङदेन


काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलेले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताउनुभएको छ । आईतवार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष लिङदेनले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने बताउनुभएको हो ।

सरकारले राजनीतिक स्वार्थ नराखी सुविचारका साथ नक्कली शरणार्थी प्रकरणका आरोपीहरुलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने उहाँले बताउनुभयो । उहाँले वाइडबडी काण्ड, ललिता निवास, एनसेल र क्यान्टनमेन्ट घोटालाकाण्ड भ्रष्टाचारको पनि फाइल खोल्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभयो । अध्यक्ष लिङदेनले देश आर्थिक रुपमा टाट पल्टने अवस्थामा रहेको भएपनि सरकारले अर्थतन्त्र सुधार गर्ने कुनै कदम नचालेको बताउनु भयो । उहाँले सरकार कुइरोमा हराएको काग जस्तो अवस्थामा रहेको भन्दै सरकारको आगामी यात्रा पनि स्पष्ट नभएको बताउनुभयो । अध्यक्ष लिङदेनले देशमा नाङ्गो रुपले विदेशी हस्तक्षेप बढेकोसमेत बताउनुभयो ।