Breaking

महिला हिंसामा संलग्न पीडकलाई कारबाही गर्न सरकार प्रतिवद्ध छ: गृहमन्त्री श्रेष्ठ


काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिला हिंसामा संलग्न पीडकलाई कारबाही गर्न सरकारले कुनै कदम बाँकी नराख्ने बताउनुभएको छ । गृह मन्त्रालयले गरेको संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रश्ताव नं. १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना राष्ट्रिय कार्यशालामा श्रेष्ठले महिला हिंसा गर्ने पीडकलाई कारबाही गरिने बताउनुभएको हो । उहाँले महिला हिंसा सम्बन्धि विगतका घटनाहरुको पनि अनुसन्धान गरिने र पीडितलाई न्याय दिइने बताउनुभयो ।

अनुसन्धान गरी दोषी र अपराधीलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो । मन्त्री श्रेष्ठले द्धन्दकालमा भएका मानवअधिकार उल्लंघन र महिला हिंसाको घटनाहरुको समस्या समाधान गर्न आवश्यक नीति, निर्णय र कार्ययोजना बनाउन सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत द्वन्द्वकालका घटनाहरुको समस्या समाधान हुने भन्दै त्यसलाई निस्कर्षमा पु¥याउनुपर्ने बताउनु भयो ।