Breaking

नागरिकलाई आशावादी बनाउन मिडियाको भूमिका उल्लेखनीय : मन्त्री शर्मा


काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकलाई आशावादी बनाउन मिडियाको उल्लेखनीय भूमिका रहने बताएकी छन् ।

आइतबार गोरखापत्र संस्थानको १२३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । “सकारात्मक कामहरूलाई व्यवस्थित ढंगले जनतासमक्ष पुर्‍याउनसक्ने हो भने जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य गर्दै आशावादी बनाउने काममा मिडिया क्षेत्रको महत्वपूर्ण भूमिका छ,” उनले भनिन् ।

उनले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको बताएकी हुन् ।

उनले सकारात्मक कामहरूलाई व्यवस्थित ढंगले जनतासमक्ष पुर्‍याउनसके जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य हुने बताइन् ।