Breaking

संघीय संसद्का नवनियुक्त दुई सचिवले लिए शपथ


काठमाडौँ – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनियुक्त दुई सचिवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संघीय संसद् सचिवालय, सिंहदरबारमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रतिनिधिसभाको सचिवमा नियुक्त पदमप्रसाद पाण्डेयलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाको सचिवमा नियुक्त डा. सुरेन्द्र अर्याललाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराएका हुन् ।