Breaking

रिक्त एक मन्त्रालयमा जसपाले मन्त्री पठाउने


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको वन तथा वातावरण मन्त्रालय मात्रै रिक्त भएको छ । वन मन्त्रालय जसपालाई परेकाले पार्टीले नै निर्णय गरेर पठाउने भएको हो ।

नेपाली कांग्रेसका नेता सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएपछि नेपाल समाजवादी पार्टीका नेता महिन्द्रराय यादवलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । रिक्त भएको वन मन्त्रीको नाम जसपाले पठाए लगत्तै मन्त्रालय फुलफिल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एक मन्त्रालय प्रभु साह वा अमेरशकुमार सिंहमध्ये एक जनालाई सरकारमा समेट्ने तयारी गरिएको थियो । अन्तिममा सत्ता गठबन्धनभित्रै भागवण्डा नपुगेपछि प्रभु र अमेरशकुमारले भाग नपाउने भएका हुन् ।