Breaking

बालबालिका मन्त्रालय जिम्मेवारी कांग्रेस सांसद सुरेन्द्र आचार्यलाई, आजै शपथ लिने


काठमाडौँ – महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले पाउने भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री आचार्यले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।

जसअनुसार आज अपराह्न साढे १२ बजे उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउने छन् ।

महिला बालबालिका मन्त्रालय सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई वन वा खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।