काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक छलफल र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
आइतबार विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् भोलिको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो ।
सरकारले विसं २०७३ मा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो ।
‘पत्रकारितामा खोज र नवीनता स् लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ मनाउन लागिएको पत्रकारिता दिवसका अवसरमा आज सरकारले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
दिवसका अवसरमा आज नेपालको पत्रकारिताका क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने दुुई जनालाई वरिष्ठ पत्रकार सम्मान र छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।
प्रतिक्रिया