Breaking

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक: प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने निष्कर्ष


काठमाडौँ — सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकालेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकाले हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुनपर्ने माओवादी केन्द्रका प्रमुख सचेतक हिताराज पाण्डेले बताए । यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिँदा रास्वपाले विश्वासको मत दिएको तर सरकारमा सहभागी नभएकाले पुनः विश्वासको मत लिनुनपर्ने बैठकमा नेताहरुले जोड दिएको उनले बताए ।