Breaking

आफ्ना नेता जोगाउन ओलीले खोजे प्रचण्डको साथ,कांग्रेसका पनि नेता मुछिदै,होला त कारबाही ?


काठमाडौँ — राजनीतिक आवश्यकताले नजिक र जुंगाको लडाईले धुवीकृत बन्ने लुकामारीको सम्बन्धमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नक्कली शरणार्थी प्रकरणले एक ठाँउमा ल्याईदिएको छ । एमालेकाउच्च पदस्त नेताविरुद्ध नै धमाधम पक्राउ पुर्जी आउन थालेपछि ओलीले प्रचण्डसंगको भेट बढाएका हुन । जहाँ टिआरसी विधेयक र संवैधानिक परिषदमा अल्पमतको अवस्थाले प्रचण्डलाई ओली वेवास्ता गर्ने अवस्थामा छैनन् । काठमाडौँमा पक्राउ पुर्जी जारी हुदाँ अर्घाखाचीमा प्रहरीकै घेरामा रहेका टोप बहादुर रायमाझि निक्कै आत्मविश्वसी देखिन्थे ।

आफूले अनुसन्धानमा सहयोग नै गर्ने बताएका उनलाई शायद पक्राउ परि हाल्ने कुरामा विश्वास नै थिएन होला । तर माहोल एकाएक गर्मायो भने भोलीपल्ट प्रहरीले स्कर्टिङ गरेर काठमाडौँ ल्याउदै गरेको खवर बाहिरियो । यता उनका छोरा सन्दिपलाई अदालतमा लगेर म्याद थप्ने काम अदालतमा हुँदै थियो । तर घटना एकाएक परिवर्तन भयो भने एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल भेट्न पुगे । जसले यसमा राजनीतिक रंग देखिने पक्का हुदाँ टोपबहादुर कतातिर टाप कसे अहिलेसम्म कसैले भेउ पाउन सकिरहेका छैनन् ।

बरु यो लहरोमा आयल निगमकै जग्गा प्रकरणमा डामिदा समेत अख्तियार दुरुपयायेग अनुसन्धान आयोगका प्रमुख बनाईएका आफ्ना नजिकका पात्र प्रेमकुमार राई समेत तानिएको खवर अझ चर्चामा आयो । उता आफ्नै उपाध्यक्ष रामबहादुर थापा बादलका छोरामाथि पक्राउ पुर्जी जारी भएकै थियो नै । वादल पनि यसमा तातिने शंकाले चर्चा पायो । कतै ओलीसम्मै यो तार पुग्ने हैन भन्ने खतरा समेत देखियो । यसरीधमाधम तीर आफूतिर तेर्सिएपछि प्रचण्ड फकाउन लागिपरेकाओली शुक्रबार पनि भेटवार्ता गर्ने तयारीमा थिए । जुन रस्साकस्सीले रायमाझि हराउने दिन अझै बढ्ने आशंका बढेको छ भने ओलीले घुमाएर पख्लास भन्न भ्याईसकेका छन ।

हुन पनि ओलीलाई आफ्ना बचाउन निकै सकस भईरहेको छ । एकातर्फ फरार सूचिमै रहेका सांसद लक्ष्मी महतो कोईरी निलम्बित छन भने प्रहरीले खोजी गरिरहेको छ । अर्कातर्फ प्रहरीले भाग्ला जस्तो गरेर रायमाझिलाई हेर्यो भन्ने बोली उनलाई भारी परिरहेको छ । यसरी निरन्तर एमाले दबाबमा परिरहँदा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनामाथि पनि किर्ते सहयोगी खडा गरेको भन्दै आलोचना बढेको छ । जहाँ प्रधानमन्त्री प्रचण्डलाई भने प्रतिपक्षीलाई नत्थी लाउने अवसर पनि प्राप्त भएको छ । बारम्बार भेटेर सहमती गरेपछि पनि प्रधान्यायधीस सिफारिस गर्न बसेको संवैधानिक परिषदको वैठकमा ओली बाङिएको घटना खासै पुरानो नहुँदा द्धन्द्धकालिन मुद्धासम्बन्धी विधेयकमा समेत उनी ओलीलाई साथमै ल्याउने बाध्यतामा छन ।

जसले उनीहरु आदानप्रदानको रणनितीतर्फ अघि बढ्ने सम्भावना बढ्दा वैकल्पिक समीकरणमा ओलीले देखाईरहेको सक्रियतामा समेतले प्रहार गर्ने प्रचण्ड बुझाई छ ।फलत ः फकाएर नसके बाध्य बनाएर आफू नजिक ल्याउने रणनितिमा रहेका उनले भेट गर्न समेत आलटाल गरिरहेका छन् ।

हुन त नेपाली काण्डहरुको ईतिहासमा राजनीतिक व्यक्ति परेपछि अन्य पनि उम्किने गरेको नौलो विषय हैन । जहाँ ओलीको दौडधुप र प्रचण्डलाई उनको साथको आवश्यकताले यो काण्ड पनि त्यहिबाटोमा अघि नबढ्ला भन्न सकिन्न । फलत ः आफू अफठेरोमा परेको र चौतर्फी प्रहार भईरहेको बताउने प्रचण्डले रटान लगाँउदै आएको राष्ट्रिय सहमती वाला प्याकेजमै यसलाई हाल्ने त हैनन् भन्ने आशंका समेत अहिले बढेको छ ।

जसमा अझै हाई प्रोफाईल पक्राउको लिष्टमा रहेको भन्दै आईरहेका नामहरुमाथि प्रहरीले देखाउने सक्रियताले समेत भूमिका खेल्नेछ । अझ भनौँ यो प्रकरणमा नेपाली कांग्रेसका नेताहरुसमेत तानिने सम्भावना बलियो बन्दै गएकोले प्रचण्डलाई सत्ता संघर्षका क्रममा सत्ता र सत्ता बाहिर रहेकाहरुलाई सन्तुलनमा राख्न थप सहज हुने देखिन्छ ।