Breaking

रविले छोडेपछि प्रचण्डको सकियो भरोशा, ओलीसँग मिलेर प्रधानमन्त्री ! काँग्रेसको धोकामा माओवादी रुष्ट


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको तानातानमा परेका छन् । तर सत्तामा जाने कि प्रतिपक्षमै बस्ने रास्वपा अलमलमा छ । यसले फरक गठबन्धन निर्माणको सम्भावनालाई बलियो बनाएको छ । प्रधानमन्त्रीले गृहमन्त्री दिन्छु भनेपछि बालुवाटारमा बास खोजिरहेका रविलाई एमाले अध्यक्ष ओलीले बरु प्रधानमन्त्री बन्नुस् भनिदिए ।प्रचण्डले संकट टार्न गृहमन्त्रीको लोभ देखाएर चौका हान्न खोजेका बेला ओलीले प्रधानमन्त्रीकै लालच देखाएर छक्का मार्न खोजेपछि रवि ‘ट्वा’को अवस्थामा छन् ।

ओली–प्रचण्डको प्रयोग भइसक्दासमेत अझै कति प्रयोग हुने उनको चेत नखुलेको होकि, ओली देखाएर प्रचण्ड तर्साउने र प्रचण्ड देखाएर ओली तर्साउँदै फाइदा लिन चलाखी चलेको हो ? भर्खरै राजनीतिमा आएका रविले समर्थकलाई पनि झुक्याईरहेका छन् । तर प्रतिपक्षमा थन्किएका ओलीले प्रधानमन्त्री बनाउने सम्भावना छैन, गृहमन्त्री नपाएपछि गठबन्धन नै फेरेको माओवादीले रविलाई जादुको कुर्सीमा बसाउने देखिन्न । तैपनि सास भएसम्मको आशमा रहेका रवि दुबैतिर तालमेल मिलाइरहेका छन् । तथापी रास्वपाले शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले हौसिएको छ ।

एमाले अध्यक्ष ओलीले फरक गठबन्धन निर्माण गर्दै आलोपालो प्रधानमन्त्री बन्ने र त्यसको पहिलो पालो रविलाई दिने बताएपछि रास्वपा फरक तालमेलको कसरतमा छ ।यसका लागि सभापति रवि लामिछानेजनमत पार्टीका अध्यक्ष सीके राउतदेखि जसपाका अध्यक्ष उपेन्द्र यादवसम्म फकाउने दौडमा छन् । मंगलबारमात्रै राउतसँग भेटवार्ता गरेका उनले समर्थन फिर्ता लिने र कार्यगत एकतासम्मको सहमति गरेका छन् ।यसलेप्रचण्ड अब असुरक्षित बनेका छन् ।

किनकिसत्तागठबन्धनबाट माओवादीले पाएको प्रधानमन्त्रीसहित ६ मन्त्री र १ राज्यमन्त्री हो ।काँग्रेससहितका अन्य दल भाग काट्न तयार नभएपछि आफ्नै पार्टीको भाग कटाएर दिनुपर्ने बाध्यता थिए ।सरकारमा सहभागि हुन रविले साविककै तीन मन्त्री र एक राज्यमन्त्रीमाग गरे । तर गृह नदिए सरकारमा नजाने रविको अडानलाई प्रचण्डले व्यवस्थापनगर्न सकेनन् । किनकि नारायणकाजीबाट खोसेर रविलाई गृह दिए माओवादीभित्र विभाजनको खतरा थियो । फलतः रविलाई राख्न काँग्रेसले आफुलाई साथ नदिएको भन्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार नै गुनासो गरिरहेका छन् ।

प्रधानमन्त्रीले रविलाई सरकारमा ल्याउने पहल थालेकै बेला काँग्रेस सभापति देउवाले हतारहतार आफ्नो पार्टीका बाँकी मन्त्री पठाएर समझदारीकोढोका बन्द गरेका छन् । बुधबार बेलुका बालुवाटारमा बसेको बैठकले समेत रविलाई ल्याउने नल्याउने जिम्मा प्रधानमन्त्रीकै काँधमा छोडेको थियो । शुक्रबारमात्रै प्रचण्डले थप समय दिन माग गरेपछि रविले नसक्ने जवाफ दिएका थिए । यता रविको सत्ताजोडघटाउ हेरिरहेका ओली प्रतिपक्षमै बस्न फकाइरहेका छन् । किनकिदलहरुको समर्थन जुटाउने जिम्मा नै दिएर रविलाई अघि सार्न खोजेका ओलीले काँग्रेस र माओवादीबाहेकका दलहरुलाई समेट्दा फरक गठबन्धनसहितको सरकार बन्ने विश्वासमा छन् ।

बाँकी दललाई समेट्नका लागि प्रधानमन्त्रीसँग अहिले दुईमन्त्रालयमात्रै खाली छन् । जनमत पार्टी सरकारबाट बाहिरिएपछि खाली भएको खानेपानी र जसपालाई राखिएको वनमन्त्रालय प्रधानमन्त्रीसँग छ । तर आफु चाहेको स्वास्थ्य काँग्रेसले पाएपछि उपेन्द्र यादवले अर्काे उपद्रो मच्चाउँदैछन् ।फलतः सत्ता फेरबदलको व्यापक सम्भावना देखिएका बेला प्रचण्डसँग असन्तुष्ट माधव नेपाल र प्रचण्डको असफलता पर्खिरहेका देउवाको दाउले थप भूमिका खेल्नेछ ।