देश

एशीयालाई ग्याँस प्रकोपबाट बचाउन जलवायु अभियान्ताहरुको माग


काठमाडौँ — नेपालका जलवायु अभियन्ताहरुले काठमाडौंमा एसियाली विकास बैंक (एडिबी) को कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । एसियामा तीव्र गतिमा ग्याँस निर्माणको बिरूद्ध र स्वच्छ, नवीकरणीय उर्जातर्फको परिवर्तनलाई तीब्रता दिन उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । सरकारलाई दबाब दिन एसियाका १३ सहरहरूमा एकैदिन अभियान्ताहरुले दवावमुलक कार्यक्रम गरेका हुन् । ग्रामीण पुनर्निर्माण नेपालका कार्यकारी निर्देशक डा। अर्जुन कार्कीले जीवाश्म ईन्धन कम्पनीहरु, आफ्नो अस्तित्व को लागी, एक संक्रमण ईन्धन को रूप मा ग्याँस धकेल्दै गरेको बताउनुभयो ।

सरकारले यी कम्पनीहरूलाई फाइदा पुर्याउन ग्याँस पूर्वाधार निर्माण गरिरहेको र जुन चाँडै फस्न सक्ने उहाँको भनाई छ । एसियालाई यस प्रकोपबाट बचाउन आवश्यक भएको र त्यसकालागि एशियाली राष्ट्र एकजुट हुुनु पर्ने उहाँको भनाई थियो । दिल्लीस्थित वातावरणीय ट्रस्टका श्रीधर राममूर्तिले क्लाइमेट वाच थाइल्याण्डका वानुन पमपिपबुलले एसियामा ऊर्जा संकट समाधान गर्नका लागि शतप्रतिशत नवीकरणीय ऊर्जामा द्रुत, न्यायसंगत र समन्यायिक संक्रमण को लागि आह्वान समेत गर्नु भएको छ ।

डोन्ट ग्याँस एसिया अभियानका लागि एसियाव्यापी परिचालन अन्तर्गत टोकियो, इन्चियोन, मण्डल्युयोङ, जकार्ता, चियाङ माई, हनोई, ढाका, दिल्ली, कोलकाता, काठमाडौं, लाहोर, कराँची र कोलम्बोमा विरोध प्रदर्शन गरिएको छ । तरल प्राकृतिक ग्यास टर्मिनलहरू, पावर प्लान्टहरू र पाइपलाइनहरू विस्तार गर्न अरबौं डलरको परियोजनाहरू चलिरहेका छन् ।

ग्याँस जत्तिकै हानिकारक भएकाले जलवायु संकट र यस क्षेत्रको ऊर्जा संकट समाधान गर्नुको सट्टा थप समस्याहरू सिर्जना गर्ने भन्दै उनीहरुले चेतनामुलक सन्देशसहित प्रदर्शन गरेका हुन् । शतप्रतिशत नवीकरणीय ऊर्जामा द्रुत, न्यायसंगत र समतामूलक संक्रमणतर्फ अघि बढ्न जरुरी हुने अभियान्ताहरुको तर्क छ । नेपाल र फराकिलो एसियाली क्षेत्रका सबै जनताका लागि सुरक्षित र अनुमानित ऊर्जा स्रोत सुनिश्चित गर्ने यसो गरीएको उनीहरुको भनाई छ ।

नवीकरणीय ऊर्जामा आधारित बिजुली अब अधिकांश क्षेत्रहरूमा सस्तो बिजुली विकल्प हो। अनुसन्धानका अनुसार, नवीकरणीय ऊर्जाहरू पहिले नै लगभग सबै देशहरूमा ऊर्जा क्षेत्रमा क्षमता वृद्धिको लागि पूर्वनिर्धारित विकल्प हो । सन् २०५० सम्ममा सबै डिकार्बोनाइजेशनको ९० प्रतिशत उपलब्ध गराउने सबैभन्दा सजिलैसँग उपलब्ध र लागत–प्रभावी माध्यम पनि नवीकरणीय ऊर्जा हो । पाकीस्तानमा बिगतममा आएको बेमौसमी बाढीले जलवायु परिवर्तनको सबैभन्दा नराम्रो प्रभावलाई औंल्याएको उनीहरुको ठम्याई छ । जलवायु परिवर्तनको ड्राइभिङका लागि ग्लोबल नर्थका देशहरू र निगमहरूलाई पनि जिम्मेवार हुन आग्रह गरीएको छ ।