Breaking

आज सत्तागठबन्धनको बैठक, केके छन् त कार्यसुची


काठमाडौँ – आज सत्तागठबन्धनको बैठक बोलाइएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ ५ बजे बैठक बोलाइएको हो ।

आजको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे छलफल हुने बताइएको छ ।

दुई दिनअघि पनि गठबन्धनमा सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल भएको थियो ।